५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


साउदी अरबमा आगलागी, १० भारतीयसहित ११ कामदारको मृत्यु


0
Shares

अधिकारीहरुका अनुसार मृत्यु हुनेमा १० भारतीय र १ बंगलादेशका नागरिक छन् । आगलागीमा ६ जना घाइते भएका छन् । घाइते हुनेमा पनि भारत र बंगलादेश कै नागरिक रहेको बताइएको छ ।

आप्रवासी कामदार बस्दै आएको घरमा आगलागी भएको हो । स्थानीय प्रशासनले सो घटनाको छानविन गर्न आदेश दिएको छ ।

कामदारहरु बस्ने घर तथा कोठामा आवश्यक पूर्वाधारको कमी हुने गरेको भन्दै यसअघि नै आवाज उठ्ने गरेको थियो । (एजेन्सी)