
सीबीएन टेलिभिजनलाई दिएको अन्तर्वार्तामा ट्रम्पले ह्वाइटहाउसमा पुटिनले हिलारी क्लिन्टनलाई नै देख्न चाहेको जिकीर पनि गरेका छन् ।
हिलारीलाई हराउन रुसी संलग्नता रहेको विषयले अमेरिकालाई रिंगाइरहेका बेला राष्ट्रपति ट्रम्पले भने पुटिनको हवाला दिँदै रुस क्लिन्टनकै पक्षमा रहेको दाबी गरेका हुन् ।
पुटिनसँग नभेट्न आफूलाई विभिन्न तहबाट भनिए पनि भेट निकै नै महत्वपूर्ण र राम्रो रहेको दाबी उनको छ ।
अमेरिका र रुस दुबै जबरदस्त परमाणु शक्ति राष्ट्र हुँदैमा राम्रो सम्बन्ध बनाउनु हुन्न भन्ने पक्षमा आफू नरहेको भन्दै उनले पुटिनसँगको राम्रो सम्बन्धकै कारण सिरियामा संघर्षविराम गराउन सकिएको जिकीर गरे । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्