
सो राज्यमा अवस्थित ३३ ओटा जिल्लामध्ये २६ जिल्लामा हाल बाढीको प्रकोप जारी नै छ । यसबाट प्रभावित भएको स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।
सो राज्यका २९ हजार व्यक्ति १२३ ओटा शिविरमा बसोवास गर्दै आएका छन् । बाढीका कारण ५२ व्यक्तिले ज्यान गुमाएका छन् ।
त्यसैगरी, प्रकोपको कारण ३२ ओटा बन्यजन्तुसमेत मरेका सरकारद्वारा सञ्चालित रेडियो सेवा ‘अल इन्डिया रेडियो’ (एआइआर)लाई उद्धृतगर्दै सरकारी अधिकारीले जानकारी दिएका छन् ।
आवासीय इलाकाबाहेकका राष्ट्रिय पार्क र बन्यजन्तुको आश्रयस्थलसमेतका स्थानमा पनि सो बाढीको पानीले जलमग्न भएको समाचारमा जनाइएको छन् ।
थप प्रहरी बलको सहयोगबाट प्रभावित इलाकामा ९० चौपायाको भने उद्धार गरिएको छ । आसाममा मनसुनी वर्षाको समयमा वर्षेनी बाढीबाट प्रभावित हुनुपरेको छ । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्