५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


जुनियर ट्रम्पसँग सोभियत गुप्तचरको ‘गोप्य गफ’ भएको रहस्य खुल्यो


0
Shares

न्युयोर्कमा भएको उक्त बैठकमा ट्रम्पका ज्वाईँ ज्यारेड कुश्नर र चुनावी अभियानका अध्यक्ष पल म्यानफोर्टपनि सहभागी थिए ।

ट्रम्पको चुनावी अभियानका सहयोगीहरु र रुसी व्यक्तिहरुबीच भएका गैर कुटनीतिक संवादको अहिलेसम्म प्राप्त सबैभन्दा बलियो प्रमाणका रुपमा उक्त भेटघाटलाई लिइएको छ ।

सो भेटमा सहभागी भएका भनिएका रिनाट अख्मेटशीनले आफूले गुप्तचर हेर्ने रुसी सैनिक इकाइमा काम गरेको तर कहिले पनि जासूसीको औपचारिक तालिम नलिएको बताएका छन ।

सन २०१५ मा वाशिङटन डीसीको एउटा अदालतमा दायर मुद्दामा खानीसम्बन्धी कम्पनीले आफ्ना निजी अभिलेखहरुलाई ह्याक गर्न खोजेको आरोप उनीविरुद्ध लगाएको थियो ।

अदालतको दस्तावेजमा उनले साइबर हमाला गर्ने योजना बुनेको आरोप लगाइएपनि उनले त्यसलाई अस्वीकार गरेका छन ।

अख्मेटशीन स्वंयले चाहीं द वाशिङटन पोष्ट समाचारपत्रलाई सन् २००९ मा आफूले अमेरिकी नागरिकता लिएको तर रुसी नागरिकता पनि कायमै राखेको जनाएका छन । उनी एक जना कानूनी मान्यता लिएका वकिल हुन् ।

उच्च रुसी अधिकारीहरुको अमेरिकामा रहेका सम्पत्ति रोक्का गर्ने सन् २०१२ मा ल्याइएको एउटा कानून उल्टाउन हालैका महिनाहरुमा उनले वकालत गर्दै आएका थिए ।

डोनल्ड ट्रम्प जुनियरको इमेलको अनुसार राष्ट्रपति पदकी उम्मेदवार हिलरी क्लिन्टनलाई क्षति पुर्याउने सामाग्री उपलब्ध गराउने प्रतिबद्धता उक्त बैठकमा गरिएको थियो ।

तर त्यो विवरण बाहिर आएपछि राष्ट्रपति ट्रम्पका जेठा छोराले उक्त भेटघाटलाई साधारण खालको भेटका रुपमा प्रस्तुत गरिरहेका छन् । (एजेन्सी)