
यसरी बर्खास्तीमा पर्नेहरुमा प्रहरी, मन्त्रालयका कर्मचारी, शैक्षिक क्षेत्रसँग आबद्ध कर्मचारीलगायत रहेका छन् ।
यो कारबाही मुलुकको सुरक्षा कमजोर पार्ने काम गरिरहेका चरमपन्थी संगठनको सदस्यविरुद्ध चालिएको कदम भएको सरकारी दाबी छ । ‘कू’प्रयासमा संलग्न रहेको भन्दै सुरक्षाकर्मीलगायत विभिन्न क्षेत्रका कर्मचारी गरी २ लाखभन्दा बढीलाई यसअघि नै बर्खास्त गरिसकिएको छ ।
गतवर्षको जुलाइ -१६ मा भएको असफल सैन्य ‘कू’मा २ सय ५० भन्दा बढीको मृत्यु भएको थियो भने करिब २२ सय घाइते भएका थिए ।
विरोधीहरुले भने शुद्धीकरणको बहानामा राष्ट्रपति रिसेप तैयप अर्दोगानले राजनीतिक विरोधीहरुलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएका छन् ।
सैन्य ‘कू’मा मुस्लिम धर्मगुरु फतेउल्लाह गुलेनको संलग्नता रहेको सरकारी आरोप छ । तर, अमेरिकामा रहेका गुलेनले आरोप अस्वीकार गर्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्