५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


आइएसविरुद्ध अफगानिस्तानको सीमा क्षेत्रमा पाकिस्तानको विशाल अभियान


0
Shares

पाकिस्तानी सेनाका प्रवक्ताले इस्लामिक स्टेटले अफगानिस्तानभित्र आइएसले आफ्नो प्रभाव बढाउन थालेकाले त्यसलाई रोक्न ‘खैबर चार’ अभियान नै शुरु गरिएको बताएका छन् ।

उनले वायुसेनाको समर्थन लिएर राजगल घाँटीको पहाडि क्षेत्रमा ‘खैबर चार’ अभियान केन्द्रित गर्ने बताए ।

यसअघि पाकिस्तानले आफ्नो भूभागभित्र आइएसको उपस्थिति नरहेको जिकीर गरेको थियो ।

तर अफगानिस्तानमा इस्लामिक स्टेटको बढ्दै गएको प्रभावप्रति पाकिस्तानले चिन्ता व्यक्त गर्दै आएको थियो ।

पाकिस्तानका केही इलाकामा पनि अघिल्लो वर्ष आइएसले आक्रमण गरेको थियो ।

पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल आसिफ गफूरले पाकिस्तानी क्षेत्रमा आइएसको प्रभाव नियन्त्रण गर्न आवश्यक परेकाले विशेष अभियान थालिएको बताए ।

अफगानिस्तानका केही क्षेत्र आइएसको नियन्त्रणमा छन् ।

सन् २०१५ देखि नै आइएसले पाकिस्तानमा पनि आक्रमण गर्ने चेतावनी दिँदै आएको छ । (एजेन्सी)