५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


अमेरिकी जासुसलाई इरानमा १० वर्ष जेल सजाय


0
Shares

शियु वाङ नामका ३७ वर्षीय अमेरिकी नागरिकले अमेरिका र बेलायती संस्थाका लागि जासुसी गर्ने गरेको आरोप लगाउँदै इरानले कैदको सजाय सुनाएको हो ।

इरानको सरकारी टेलिभिजनले अमेरिकी नागरिकलाई जेल सजाय सुनाएको प्रसारण गरेको थियो ।

उनलाई जासुसीको आरोपमा पक्राउ गर्नु अघि झन्डै चार हजार पाना दस्तावेज डिजिटल अर्काइभ पनि गरिएको इरानले जनाएको छ ।

इरानले झन्डै ७० जनालाई जासुसीको आरोपमा पक्राउ गरे पनि केहीको नाम मात्र सार्वजनिक गरेको छ ।

यसैबीच आफ्नो नागरिक पक्राउ परेकोप्रति अमेरिकाले आपत्ति जनाउँदै झुठो आरोपमा पक्राउ परेकालाई तत्काल रिहा गर्न माग गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयले इरानसँग आफ्ना नागरिकलाई झुठा आरोपमा पक्राउ नगर्न र पक्राउ परेकालाई तत्काल रिहा गर्न आग्रह गरेको हो । (एजेन्सी)