सुनसरी, माघ १५ । धरान उपमहानगरपालिकाले स्थानीय भोटेपुलदेखि सर्दु खोलासम्मको करिब ५ किलोमिटर सडक विस्तार गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका छन् ।
सरोकारवालाहरुसँग छलफल नगरी सडक विस्तारको निर्णय गरेको भन्दै स्थानीयले आन्दोलन सुरु गरेका हुन् ।
उपमहानगरपालिकाले ४० फिट फराकिलो ‘धनकुटे रोड’लाई बढाएर ७२ फिटको बनाउने निर्णय गरेको थियो ।
मंगलबार धरानमा सयौंको संख्यामा आएका स्थानीयले विभिन्न नारा लेखेका प्लेकार्डसहित प्रदर्शन गरे ।
सडक विस्तार गर्दा दर्जनौं घर भत्कने भएपछि स्थानीय आन्दोलित बनेका हुन् ।








प्रतिक्रिया दिनुहोस्