५ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025


अमेरिकाको एरिजोना राज्यमा बाढीमा परी नौं जनाको मृत्यु


0
Shares

बाढीले बगाएका उनीहरुको शव दुई माइल टाढा भेटिएको हो । बाढीले दर्जनौंलाई बगाएकोमा केहीको उद्धार गरिएको छ भने केही अझै हराइरहेका छन् ।

बाढीसँगै बगेकाहरुको हेलिकोप्टरबाट उद्दार गरिएको हो । भीषण बाढीका कारण सो राज्य नराम्ररी प्रभावित भएको छ ।

बाढीले खोला किनारका घरमा क्षति पुर्‍याउनुका साथै केही चौपाया पनि बगाएको छ । हराइरहेकाहरुको खोजीका लागी उद्धारकर्मीहरु खटिएका छन् ।

एरिजोना राज्यमा हाल बर्षा रोकिएको भए पनि बाढी भने बढ्दै गएको बताइएको छ । (एजेन्सी)