२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ट्रम्पले दिए भेनेजुयलालाई कडा आर्थिक कारबाहीको चेतावनी


0
Shares

संविधानभाको विपक्षमा उभिँदै भेनेजुयलाका विपक्षीले आयोजना गरेको अनौपचारिक जनमतसंग्रहको भोलिपल्टै अमेरिकी राष्ट्रपतिले यस्तो चेतावनी दिएका हुन् ।

भेनेजुयलाका विपक्षीले प्रजातन्त्रका लागि संघर्ष गरिरहेको भन्दै ट्रम्पले राष्ट्रपति निकोलस मडुरो तानाशाह बन्न खोजेको आरोप लगाए ।

यता, संविधानसभा चुनावको विरोधमा विपक्षीहरुले बिहीबारका लागि आमहडताल घोषणा गरेका छन् ।

राष्ट्रपति मडुरोले जनमतसंग्रहलाई औचित्यहीन भनेका छन् । सरकारले राष्ट्रियसभाको अधिकार कटौती गर्न नयाँ संवैधानिकसभाको गठन गर्ने र संविधानको पुनर्लेखन गर्ने तयारी गरको छ । पछिल्लो तीन महिनायता त्यहाँ दिनहुँजसो प्रदर्शन भइरहेका छन् ।

संवैधानिक सुधारका लागि भन्दै यही जुलाई ३० का दिन संविधानसभाको चुनाव तय गरिएको छ । (एजेन्सी)