
भारतीय सीमा सुरक्षा बल गत जुनदेखि सिक्किम क्षेत्रमा चीनको भू–भागमा प्रवेश गरेको र एक महिनापछि पनि उसले सुरक्षाकर्मीलाई फिर्ता नलगेको उनको दावी थियो ।
भारतीय सीमा बलको ‘अतिक्रमण’ले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेका छ, लुले सञ्चारकर्मीसँगको नियमित अन्तरक्रियामा बताए ।
चीनमा रहेका केही विदेशी कुटनीतिज्ञले घटना ‘दुखद’ र ‘ बुझ्न कठीन’ भएको बताउदै यस बिषयमा चीनबाट प्रमाणित गराउन आग्रह गरेका उनको भनाई थियो ।
लुले थपे, ‘घटनाको उद्देश्य प्रष्ट छ । भारत्ीय सेनाले दुई देशबीच छुट्टयाइएको र आपसी रूपमा चिन्दै आएको सिक्किम क्षेत्रको सिमाना पार गरेको छ ।’
भारत सरकारलाई अवस्थालाई सही रूपमा बुझ्न, सुरक्षाकर्मीलाई आफ्नो भूमीबाट हटाउन र तनाव कम गर्न प्रवक्ता लुले आग्रह गरे । रासस/सिन्ह्वा
प्रतिक्रिया दिनुहोस्