
कञ्चनपुर । सार्वजनिक जग्गामा अवैध तरीकाले निर्माण गरिएका संरचना भत्काउनुपर्ने माग गर्दै प्रमुख राजनीतिक दलका भ्रातृ संगठनहरुले कञ्चनपुर बन्द आह्वान गरेका छन् ।
महेन्द्रनगर नगर विकास समितिको जग्गामा भएको अतिक्रमण रोकेर खाली गर्न माग गर्दै प्रमुख राजनीतिक दलका भ्रातृ संगठनहरुले अनिश्चितकालिन बन्द आह्वान गरेका हुन् ।
उनीहरुले भाडाका नाममा सरकारी जग्गामाथी भएको दोहन हटाउन र अवैधानिक तवरले निर्माण भएका संरचना तत्काल भत्काउन माग गरेका छन् ।
बन्दका कारण व्यापार, व्यवसाय, शैक्षिक संस्था, यातायात ठप्प छन् ।
यसअघि, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समेत एक महिनाभित्र अवैधानिक तरीकाले बनेका भवन भत्काउन पुस ९ गते आदेश दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्