२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


फिलिपिन्सका राष्ट्रपतिको सवारीमा आक्रमण, चार अंगरक्षक घाइते


0
Shares

सो हमलामा परी उनका चार अंगरक्षक गम्भीररुपमा घाइते भएका छन् । उनलाई नै लक्षित गरी सो हमला भएको हो ।

तर, सो सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उनी रहेकाले ठूलो दुर्घटना टरेको जनाइएको छ ।

राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो । गोली लागेर उनको सवारीका लागि खटेका सुरक्षाकर्मी घाइते भएका बताइएको छ ।

फिलिपिन्सका संदिग्ध कम्युनिष्ट विद्रोहीले सो हमला गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।

फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापुनजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो संख्यामा सवारी खटाइएको थियो ।

तर, हमलाकारीले भने राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी–साधनमा हमला गरेका थिए । गोली लागेर चारजना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।

फिलिपिन्समा विगत लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको कम्युनिष्ट विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेको थियो ।

सोही विरोधस्वरुप यो हमला गरिएको अनुमान फिलिपिन्सको सैनिकले गरेको छ ।

एकजना सैनिक जर्नेलले उक्त हमला कम्युनिष्ट विद्रोहीले नै गरेको र सैनिक शासनको विरोधस्वरुप यो हमला गरिएको बताएका छन् । रासस/एएफपी