पूर्वराजा शाहको मुटुसम्म पुग्ने नसामा अवरोध देखिएपछि एनजीओप्लास्टी गरिएको उपचारमा संग्लन अस्पतालका मुटुरोग विभाग प्रमुख डा. यादवदेव भट्टले बुधबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
पूर्वराजा शाह बुधबार बिहान मुटुको उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
डा. यादवले उनको स्वास्थ्य अहिले सामान्य रहेको भन्दै दुई/तीन दिनभित्र स्वास्थ्य अवस्था हेरेर डिस्चार्ज गर्ने जानकारी दिए ।
पूर्वराजा शाहको उपचारमा मुटुरोग प्रमुख भट्ट नेतृत्वको टोलीमा डा. शिवजीविक्रम सिलवाल, डा. शेखर राजभण्डारी, डा. नग्मा श्रेष्ठ, डा. सन्तोषमान श्रेष्ठ तथा डा. किशोरजंग राणा संलग्न छन् । रासस










प्रतिक्रिया दिनुहोस्