Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस दुर्घटना, दुईको मृत्यु, १० जना घाइते


0
Shares

दुर्घटनामा अन्य १० जना घाइते भएका छन् । काठमाडौंबाट काँकडभिट्टाका लागी छुटेको ना. ६ ख २२९३ बस पृथ्वीराजमार्गअन्तर्गत धादिङको विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा बस चालक झापा शिवसतासी गाउँपालिका–६ का कमल ढुंगाना र सोही स्थानका सह–चालक नवराज सिवाकोटी रहेका छन् ।

दुर्घटनामा परी घाईते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचारपछि काठमाडौं लगिएको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।