२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


सुगाको ‘बयान’का आधारमा पतिको हत्यामा महिला दोषी ठहर


0
Shares

ग्लेन्ना दुरम नाम गरेकी ती महिलाले सन् २०१५ मा घरमा पालेको सुगाका अगाडि पति मार्टिनमाथि गोली हानेकी थिइन् । यसपछि उनले आफैंलाई गोली हानेर आत्महत्याको कोसिससमेत गरेकी थिइन् ।

मार्टिनकी पूर्वपत्नीकाअनुसार सुगाले मार्टिनको आवाज निकालेर ‘गोली नचलाउन’ भन्दै बारम्बार कराइरहेको थियो ।

यद्यपि, बड नामको उक्त अफ्रिकी सुगालाई अदालतमा सुनुवाइकाक्रममा लगिएको थिएन ।

जुरीले ४९ वर्षीया ग्लेन्नालाई हत्या सम्बन्धमा दोषी पाएको थियो । उनलाई आगामी महिना सजाय सुनाइने भएको छ । (एजेन्सी)