पक्राउ पर्नेमा भारत, विहार, रक्सौलको जोगियाही बस्ने दीपक ठाकुर र वीरगन्ज महानगरपालिका वडा नम्बर–१४ श्रीपुर बस्ने उमेश चौधरी रहेका छन् ।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।
ना१२प २५८४ नम्बरको पल्सर मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा उनीहरुको साथबाट नक्कली लाइसेन्स ४ थान, होलोग्राम स्टीकर ६ थान, मोबाइल २ थानलगायतको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दीपक ठाकुर ०६६/०६७ मा पनि जिल्ला प्रहरी कार्यालय पर्साबाटै सरकारी कागजात तथा छाप कीर्ते मुद्दामा पक्राउ परी एक वर्ष कैद भुक्तानी गरी छुटेका थिए ।
उनीहरु दुबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।






प्रतिक्रिया दिनुहोस्