Logo २४ श्रावण २०८३, आइतबार | Mon Aug 10 2026


एकै परिवारका चार जनाद्वारा आत्महत्या


0
Shares

बनेपा बसपार्कमा गौतम भोजनालय चलाउँदै गरेका ६५ वर्षीय हरिभक्त दाहाल, उनकी पत्नी ६० वर्षीय हरिमाया दाहाल, उनको छोरा ३२ वर्षीय राजाराम दाहाल तथा उनकी २५ वर्षीय छोरी रञ्जना दाहालले विष सेवन गरी आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले दिएको जानकारी अनुसार मृतकहरु विगत ६/७ वर्षदेखि बनेपाको बसपार्कमा उक्त होटल चलाउँदै आइरहेका थिए ।

स्रोतका अनुसार मृतक राजाराम दाहालले शुक्रबार दिउँसोदेखि नै अनौठो किसिमको व्यवहार देखाएको र ग्राहकसँग पनि झर्किने गरेका थिए ।

प्रत्यक्षदर्शीले बताएअनुसार उनीहरुको पसल बेलुका साढे ६ बजेसम्म खुला थियो ।

स्थानीयका अनुसार रञ्जनाको विवाहको कुरा चलिरहेको र उनले विवाह गर्न नमानेपछि जबरजस्ती विवाह गर्न खोजेकाले रञ्जनाले विष सेवन गरेको र अरुलाई पनि विष सेवन गराएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । –नेपाल समाचारपत्र दैनिकबाट