
अमेरिकी विदेश मन्त्रालयले उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउँदै आफ्ना नागरिकको त्यहाँको भ्रमण रोक्ने तयारी गरेको हो ।
अमेरिकी विदेश मन्त्रालयले यसै हप्ताभित्र भ्रमण प्रतिबन्धसम्बन्धी औपचारिक सूचना निकाल्ने तयारी गरेको बताइएको छ । त्यो सूचना प्रकाशित भएको ३० दिनपछि कार्यान्वयनमा आउने छ ।
गत महिना उत्तर कोरियाको जेलबाट रिहा भएका अमेरिकी विद्यार्थी ओटो वामबियरको ज्यान गएपछि अमेरिकाले आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध लगाउने तयारी थालेको हो ।
प्रतिबन्ध लागूभएपछि कुनै पनि अमेरिकी नागरिकले विशेष स्वीकृति बिना उत्तर कोरियाको भ्रमण गर्न पाउने छैनन् ।
उत्तर कोरियाको परमाणु कार्यक्रमका कारण अमेरिकासँगको उसको सम्बन्ध तनावमा छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्