Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


अस्पतालमा धर्ना नबस्न शिक्षण अस्पतालको आग्रह


0
Shares

काठमाडौं, माघ १४ । त्रिवि शिक्षण अस्पताल महाराजगन्ज प्रशासनले अस्पताल परिसरमा धर्ना नबस्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।

अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा अस्पतालजस्तो संवेदनशील क्षेत्रमा धर्ना नबस्न आग्रह गरिएको हो ।

अस्पताल परिसरमा हुने धर्ना, अनशन, प्रदर्शनजस्ता कार्यले सर्वसाधारणलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न असर पर्नेमा ध्यानाकर्षण गराउँदै शिक्षण अस्पतालजस्तो सर्वसाधारणको पहुँचमा रहेको अस्पतालमा धर्ना, अनशनजस्ता विरोधका कार्यक्रम नगर्न विज्ञप्तिमार्फत् आग्रह गरिएको छ ।

अस्पतालले अनशन छाडेर उपचारमा फर्कनसमेत चिकित्सकहरुलाई आग्रह गरेको छ ।