Logo २६ कार्तिक २०८२, बुधबार | Thu Nov 13 2025


लगानी सम्मेलनमा सम्बोधन गर्न भारतका प्रधानमन्त्री मोदी आउने


0
Shares

नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई)सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो । दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन् ।

सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन् । ‘भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौं ।’ –नयाँ पत्रिका दैनिकबाट