Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


पत्रकार महासंघको गतिविधिबारे युनियनको आपत्ति, ‘महाधिवेन सार्ने प्रपञ्च रचियो’


0
Shares

महाधिवेशन नजिकिदै गर्दा महासंघ नेतृत्वले गरेका गतिविधिहरुले महासंघ ‘कब्जाको मानसिकता’मा उन्मुख भएकोप्रति युनियनले आपत्ती जनाएको हो । महाधिवेशन सार्ने तयारी भएकोप्रति आक्रोश ब्यक्त गरेको छ ।

सोमबार विहान युनियनका महासचिब अजयबाबु शिवाकोटीले एक विज्ञप्ती जारी गर्दै महासंघले हालसम्मका सबै विवाद र समस्याहरुलाई सकाएर महाधिवेशनमा ध्यान केन्द्रित गर्नुपर्नेमा नेतृत्व अझै पनि ‘महासंघ कब्जा’को मानसिकताबाट माथि उठ्न नसकेको आरोप लगाएका छन् । 

महासचिब शिवाकोटीले जारीको गरेको विज्ञप्तीमा भनिएको छ ‘महासंघ नेतृत्व आफ्नो केन्द्रीय समितिलाई समेत छल्दै अझै पनि शाखा खोल्ने, नयाँ सदस्यता थप्ने, पार्सद बढाउने काममा लागेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।’

केन्द्रीय समितिको जानकारी विना सौर्य दैनिकमा प्रतिष्ठान शाखा खोल्ने, पर्यटन पत्रकार समुहका नाममा एकलौटी शाखा खोल्ने, विभिन्न प्रतिष्ठानहरुमा सदस्य संख्या थप्दै पार्सद बढाउने कार्य अहिले तीव्र गतीमा भइरहेकोप्रति युनियनको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘विवाद निम्त्याएर महासंघ नेतृत्वले आफ्नो कार्यकाल बढाउने प्रपञ्च’ गरेको युनियनको निस्कर्ष छ ।

कारोवार प्रतिष्ठान, इलाम, भोजपुर र रसुवामा क्रियाशिल पत्रकारहरुलाई वाहिर राख्ने षडयन्त्र गरेकोप्रति युनियनले आपत्ती प्रकट गरेको छ ।

वर्दिया, अछाममा प्रायोजित विवाद निकाल्ने काम महासंघले गरेको पनि युनियनको आरोप छ ।

पटकपटक सार्दै भदौ ४ र ५ मा महासंघको महाधिवेशनको मिति यसअघि नै निर्धारण गरिएको छ ।