२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


धनकुटामा स्कुले विद्यार्थीलाई दुनाटपरी बनाउने अभ्यास सुरु


0
Shares

धनकुटा ।  धनकुटामा स्कुले विद्यार्थीलाई दुनाटपरी बनाउने अभ्यास सुरु गरिएको छ ।

हराउँदै गएको दुनाटपरी बुनाई सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले धनकुटा–७ मा रहेको हाम्रो बहुमुखी पाठशालाले यो अभियान सञ्चालन गरेको हो । 

अभियानमा धनकुटा नगरका ९ वटा विद्यालयका तीस भन्दा बढी विद्यार्थीलार्ई दुनाटपरी बुनाई तालिम प्रदान गरिएको छ ।

धनकुटा नगरपालिकाको सहयोगमा सञ्चालन गरिएको तालिममा प्रशिक्षकका रुपमा धनकुटा–७ की ८४ वर्षिया लक्ष्मीदेवी श्रेष्ठ र शारदा श्रेष्ठ रहेका छन् ।

अन्तरपुस्ता सीप हस्तान्तरण अभियानअन्तर्गत विभिन्न गतिविधि सञ्चालन गरिरहेको पाठशालाले अहिले ज्येष्ठ अभिभावहरुबाट धेरै ज्ञान सीप सिक्न सकिने भन्दै यो अभियान थालेको जनाएको छ ।

प्लास्टिकका सामानको बढ्दो प्रयोग न्यूनीकरण गर्न बालबालिकालक्षित दुना टपरी निर्माणसम्बन्धी तालिम आयोजना गरिएको हाम्रो पाठशालाका संयोजक सरोज भुजेलले बताए ।