Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


बौद्ध विश्वविद्यालयलाई स्तरीय गुरुयोजना बनाएर अगाडि बढ्न निर्देशन


0
Shares

लुम्बिनी बौद्ध विश्वविद्यालयको आठौं साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयले नेपालको शैक्षिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

नेपालको बिशिष्ट सम्पदाको प्रचार प्रसार र ज्ञानको भण्डारको रुपमा विश्वविद्यालयले आफ्नो पहिचान बनाउनुपर्ने उनको भनाई थियो ।

विश्वविद्यालयको न्यूनतम् भौतिक पूर्वाधारको विकासका लागि सरकारले सहयोग गर्ने भन्दै उनले यसको विकासका लागि प्रतिबद्ध भएर लाग्न पनि निर्देशन दिए ।

कार्यक्रममा शिक्षामन्त्री गोपालमान श्रेष्ठले लुम्बिनी विश्वविद्यालयले बुद्धको शान्ति, एकता र सहकार्यको सन्देश विश्वमाझ पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

बुद्ध नेपालको पहिचान भएको भन्दै उनले विश्वबिद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।