Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


विराटनगरमा यात्रीबस दुर्घटना, एकजनाको मृत्यु, १९ घाइते


0
Shares

मलाया रोडको सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरनजिकै को१ख ४१४ नम्बरको बस दुघर्टना हुँदा विराटनगर–१५ का ४२ वर्षीय सञ्जित सिंहको मृत्यु भएको विराटनगर ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरी निरीक्षक मदन गिरीकाअनुसार दुर्घटनामा परी घाइते भएका सिंहको कोसी अञ्चल अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अरुको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

तीव्रगतिमा रहेको बस अनियन्त्रित भइ सडकको बायाँ पेटीमा पल्टिएको थियो ।