Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सडक अनुगमन गर्न पुगेका मन्त्रीमाथि स्थानीय आक्रोशित (भिडियोसहित)


0
Shares

सोमबार सडक अवलोकनका लागि सरोकारवाला विभागीय प्रमुखहरुसमेत लिएर गएका मन्त्री साहसँग स्थानीय वासिन्दाले आक्रोश पोखेका हुन् ।

यसैपनि लामो समयदेखिको धूलो, हिलो र भताभुंग अवस्थाबाट दिक्क भएका वासिन्दाले गैरकानुनीरुपमा आफूहरुको घर भत्काएको भन्दै आक्रोश पोखेका हुन् ।

यो सडक विस्तारको काम सुरु भएको दुई वर्षभन्दा बढी भइसकेको छ । तर, अदालतहरुको ‘स्टे अर्डर’देखि स्थानीयको अवरोधलगायतका अवरोधका कारण सडक अलपत्र अवस्थामा रहेको छ ।

जसको मार स्थानीयलाईमात्र नभइ देशभरबाट राजधानी भित्रिने र बाहिरिने हरेकले व्यहोर्नुपरेको छ ।

मन्त्री साहले भने स्थानीयको चित्त बुझाएर काम सम्पन्न गर्ने भन्दै सम्बन्धित निकायहरुलाई तत्काल काम अघि बढाउन निर्देशन दिए ।

मन्त्री साहसहितको टोलीले सोमबारै बाहिरी चक्रपथको निर्माणकार्यकोसमेत अवलोकन गरेको छ । (भिडियो हेर्नुहोस्) ।