२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


खोलामा नग्न अवस्थामा बालिकाको शव फेला


0
Shares

विराटनगर, माघ १३ । विराटनगर महानगरपालिका–८ बलुवाईस्थित सिंघीयाखोलामा एक बालिकाको शव फेला परेको छ ।

सिंघीया खोलामा नग्न अवस्थामा आज दिउँसो सोही स्थानकी १० वर्र्षीया रुपमतीदासको शव फेला परेको हो । हिजो राति छिमेकीको घरमा टिभी हेर्न गएकी बालिका बिहानसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा खोलामा नग्न अवस्थामा शव फेला परेको थियो ।

शव हेर्दा बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ ।

बालिकाको शव पोष्टमार्टमका लागि कोशी अञ्चल अस्पतालमा लगिएको र घटनाको बारेमा मोरङ प्रहरीले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक सुवास भट्टराईले जानकारी दिए ।