Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


औषधिउपचार, किनमेलको बहानामा नेपाली युवती भारत पुर्‍याइँदैं, २४ युवतीको उद्धार


0
Shares

                                                                    प्रतीकात्मक तस्वीर

वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो ।

‘बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ,’ बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भने, ‘भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने गरेका हुन् । सुरक्षाकर्मी राखिएका मार्गहरु दलालले प्रयोग गर्दैनन् ।’

विगत ६ महिनाको अवधिमा बर्दियाका ती संवेदनशील नाकाबाट २४ जना युवतीको उद्धार गरी घर फर्काइएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

‘चेलीबेटी भारत पुर्‍याउन दलालले बर्दियाकै मानिस प्रयोग गर्ने गरेका छन्,’ उनले भने, ‘विश्वासै गर्न नसक्ने मानिसले औषधि उपचार, किनमेललगायत विभिन्न बहानामा चेलीबेटी भारत पुर्‍याउने गरेको देखिएको छ ।’

मानव ओसारपसार तथा चेलीबेटी बेचबिखन विरुद्ध जिल्लामा काम गर्दै आएका सानाहातहरु नामक संस्थाकाअनुसार बर्दियाका जमुनी, कर्णालीपुर, गुलरिया, गणेशपुरलगायत धनौरा सीमा नाका चेलीबेटीका लागि अति संवेदनशील क्षेत्रको रुपमा छन् । (रासस)

Skip This