Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


आरोही सन्जय पण्डितको शव नेपाल ल्याइयो, हेलिकोप्टरमार्फत प्यूठान लगिने


0
Shares

सोमबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत ल्याइएको पार्थिव शरीर मंगलबार १० देखि ११ः३० बजेसम्म श्रद्धान्जलीका लागि दशरथ रंगशाला त्रिपुरेश्वरमा राखिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

त्रिपुरेश्वरपछि उनको शव हेलिकोप्टर मार्फत प्यूठान लगिने जनाइएको छ ।

उनको शवलाई प्यूठानको टिकुरी बसपार्कमा दिउँसो १ देखि २ बजेसम्म श्रद्धाञ्जलीका लागि राखिने र सोही दिन दाहसंस्कार गरिने जनाइएको छ ।

अमेरिकाको अलेस्कामा रहेको डेनाली हिमाल चढ्ने क्रममा जुन १६ मा उनको निधन भएको थियो ।

एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत जुन ३ मा गएर २६ मा फर्किने उनीहरुको योजना थियो ।

करिब १७ हजार २ सय फिटमाथि हाइ अल्टिट्युड सिकनेसका कारण उनको निधन भएको हो ।

पण्डित एभरेष्ट टु डेनाली २०१७ अभियानअन्तर्गत डेनाली चढ्न गएका थिए । उक्त समूहलाई टासी शेर्पाले नेतृत्व गरेका थिए ।

संसारका केही अग्ला चुचुरा आरोहण गरिसकेका पण्डितले सन् २०१३ मे १९ मा सगरमाथा आरोहण गरेका थिए ।

sanjay1