Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


माघ २१ गते कांग्रेसले सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने


0
Shares

काठमाडौं, माघ १३ । नेपाली कांग्रेसले आगामी २१ गते सरकारविरुद्ध देशव्यापी प्रदर्शन गर्ने भएको छ ।

पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कार्य समिति बैठकले यही माग २१ गते देशव्यापी विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । सो दिन ७७ वटै जिल्लामा शान्तिपूर्ण विरोधसभा र प्रदर्शन गर्ने तथा हस्तक्षेप भए त्यसको प्रतिकार गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

बैठकले चिकित्सा शिक्षा विधेयक पारित गर्नका लागि सत्ता पक्षले गरेको जबरजस्ती, चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि आमरण अनशनरत डा. गोविन्द केसीप्रति देखाएको व्यवहार, कांग्रेस नेताहरुको नाममा रहेका अस्पतालको खारेजी लगायतका जनविरोधी काम गरिरहेको भन्दै विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो ।