महोत्तरी, गौशाला नगरपालिका–१ स्थित जंगलको बीच भागमा शरीर पूरै सडेको अवस्थामा करिब २४ वर्षीया महिलाको शव प्रहरीले फेलापारेको हो ।
कुहिएको र किरा परेको अवस्थामा भेट्टाएकाले शव दुर्गन्धित भएको अवस्थामा फेलापरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
शव परीक्षणका लागि जलेश्वर पठाएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए । रासस










प्रतिक्रिया दिनुहोस्