
तालिवान लडाकुले नै आफूहरुले रुसबाट हतियार पाउँदै आएको खुलासा गरेका हुन् ।
सीएनएनले तयार पारेको एक रिपोर्टमा तालिवान लडाकुले रुसी सरकारी स्रोतबाट आफूहरुले सैन्य सहयोग प्राप्त गरेको खुलासा गरेका हुन् । रुसले भने उक्त आरोपबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
यसअघि अफगानिस्तानमा रहेका अमेरिकी उच्च सैन्य अधिकारीले पनि रुसबाट तालिवानलाई सहयोग उपलब्ध हुँदै आएको भनाईलाई आफूले नकार्न नसक्ने बताएका थिए ।
रुस र अमेरिकाबीच पछिल्लो समय सुमधुर सम्बन्ध छैन । रुसले अमेरिका नेतृत्वमा भएको अफगान युद्धको आलोचना गर्दै आएको छ ।
सीएनएनका अनुसार तालिवान लडाकुका लागि रुसले ताजिकिस्तान र इरान हुँदै हतियार उपलब्ध गराएको तालिवान लडाकुले स्वीकार गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्