Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


कोशी राजमार्गमा जोखिमपूर्ण यात्रा, हेर्नुहोस यस्तो छ सडकको हालत(भिडियो)


0
Shares

धनकुटाको चित्रेदेखि तेह्रथुमको बसन्तपुरअन्तर्गतको चार किलोमिटर तथा बसन्तपुरदेखि संखुवासभाको चैनपुरसम्मको ५९ किलोमिटर सडक खाल्डाखुल्डी र हिलाम्मे हुँदा यात्रा जोखिमयुक्त बनेको हो ।

संखुवासभालाई पूर्वी तराईसँग जोड्ने यस सडकमा करोडौं रुपैंयाँ खर्चेर पटक पटक कालोपत्रे र स्तरोन्नती गरे पनि बर्खामा सडक जस्ताको तस्तै बन्ने गरेको छ ।

सडक विभागका कर्मचारी र ठेकेदारको मिलोमतोमा कमसल निर्माण सामग्री प्रयोग गरी झारा टार्ने काम गरिएकाले तीन महिना पनि बाटो नटिक्ने गरेको गुनासो स्थानीयको छ ।

सडककै कारण संखुवासभामा दैनिक उपभोग्य सामान भित्र्याउन तथा संखुवासभामा उत्पादित कृषि उपज पूर्वी तराईका बजारसम्म पठाउन नसकिएको स्थानीयको गुनासो छ ।