Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


आज हलोक्रान्ति दिवस, २००६ सालमा २७ ब्राम्हणले सामूहिक रुपमा जोतेका थिए हलो


0
Shares

राणा सरकारको तानाशाहीसँगै मौलाएको ब्राह्मणबाद र जातीय भेदभाव अनि हलीप्रथा अन्त्यका सन्देश दिन हलो जोतेर सामाजिक चेतनाको शुरुवात गरिएको थियो । पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जना बाहुनले पहिलो पटक हलो जोतेका हुन् ।

२००६ सालमा दुराडाँडामा पहिलोपटक हलो जोतेपछि तनहुँ, कास्की र धादिङमा पनि जोत्न शुरु गरिएको थियो । यसैको सम्झनामा वर्षेनी लमजुङको दुराडाँडामा हलोक्रान्ति दिवस मनाइन्छ ।

दिवसलाई राष्ट्रब्यापी बनाउँदै हलो क्रान्तिका अभियन्ताहरुलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग लमजुङबासीको छ । त्यतिबेला हलो जोत्ने सबैको निधन भइसकेको छ ।