१२ भाद्र २०८२, बिहिबार | Thu Aug 28 2025


डा. केसीको समर्थनमा चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन गर्ने


0
Shares

काठमाडौं, माघ १३ । नेपाल चिकित्सक संघले भोलिदेखि देशभर रिले अनशन सुरु गर्ने निर्णय गरेको छ ।

आमरण अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम सकिएपछि संघले रिले अनसन शुरु गर्ने निर्णय गरेको हो ।

ंआज काठमाडौका चिकित्सकहरुलाई शिक्षण अस्पताल महराजगञ्जमा भेला गरेर संघले रिले अनसनमा सहभागी हुन आह्वान गरेको छ । चिकित्सक संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले सरकारले दुई तिहाइको दम्भ देखाएर ३ करोड जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाए । उनले सरकारले डा.केसीको माग पूरा नगरे जस्तोसुकै आन्दोलनमा उत्रन तयार रहेको चेतावनी पनि दिए ।

चिकित्सा क्षेत्रको सुधारको माग राख्दै डा.केसी १९ दिन देखि अनशनमा छन् ।