
बुधबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका नीतीशकुमारले बिहीबार नयाँ राजनीतिक गठबन्धनका तर्फबाट सरकार गठन गर्ने भएका छन् । उनले लालुप्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्य तोडेर भारतीय जनता पार्टी (भाजपा)सँग मिलेर सरकार गठनको तयारी थालेका हुन् ।
बिहारका भाजपा नेता सुशील कुमार मोदीका अनुसार बिहीबार १० बजेका लागि सपथ ग्रहण गर्न नीतीश कुमारलाई राजभवनमा आमन्त्रण गरिएको छ । उनका अनुसार १ सय ३२ विधायकको समर्थनसहित नीतीशकुमारले सरकार गठनको दाबी गरेका थिए । सोही आधारमा उनलाई कार्यवाहक राज्यपाल केशरीनाथ त्रिपाठीले सरकार गठनका लागि अनुमति दिएका हुन् ।
बिहारमा नीतीशकुमार नेतृत्वको जनता दल युनाइटेडको बिहार विधानसभामा ७१ विधायक छन् भने भारतीय जनता पार्टीको ५३ र राष्ट्रिय जनता दलको ८० विधायक छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्