Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


ऐतिहासिक पोखरी विक्री गर्न खोजेपछि सार्वजनिकीकरणको माग


0
Shares

१५ रोपनी ९ आना क्षेत्रफलको कमलपोखरी २०४२ सालमा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको पाइएको भन्दै स्थानीयले ऐतिहासिक पोखरीलाई सार्वजनिकीकरण गर्न माग गरेका हुन् ।

सार्वजनिक रुपमा रहेको कमलपोखरी २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरी मनाङ घर भई काठमाडौं ठमेल बस्ने ग्ल्याल्पो गुरुङको नाममा पास भएको थियो ।

जसमध्ये १३ रोपनी ९ आना ग्ल्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पिणी र १ रोपनी कर्सी जधोना गुरुङको नाममा पास गरी हाल ग्ल्याल्पोले अन्य व्यक्तिको नाममा जग्गापास गरेर बिक्री गरेको पाइएको छ ।

स्थानीयबासिन्दाले कमलपोखरी बिक्री वितरण रोकेर सार्वजनिक नै गरिनु पर्ने माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।