Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता


0
Shares

जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नम्बरको ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ ।

बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रक चालक काले दमाई रहेको र दुर्घटनास्थल नजिकै पसलमा खाजा खाएर गाडी चलाएको पाँच मिनेटमै गाडी त्रिशूलीमा खसेको स्थानीय पुरुषोत्तम रिमालले जानकारी दिए ।

ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन ।

वर्षाका कारण त्रिशूलीमा पानीको बहाव बढेकाले ट्रक र चालकको अवस्था अज्ञात रहेको छ । प्रहरी र स्थानीयले खोजी कार्य सुरु गरेका छन् । (रासस)