२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


मेयर शाक्य भन्छन्ः सहिदहरुको सपना पुरा गर्न प्रतिबद्ध छु


0
Shares

काठमाडौं । शहीद सप्ताह अन्तर्गत आज शहीद धर्मभक्त माथेमाको स्मृतिमा विभिन्न कार्यक्रम आयोजना गरिदैछ ।

यसै अवसरमा काठमाडौं महानगरपालिकाले राजधानीको सिफलमा स्मृति सभाको आयोजना गरेको छ ।

कार्यक्रममा काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सहिदहरुको सपना पूरा गर्न र उनीहरुले देखाएको बाटोबाटै अघि बढने प्रतिवद्धता व्यक्त गरे ।

जहानियाँ निरंकुश राणा शासनको विरिुद्ध आन्दोलनमा होमिएका धर्मभक्तलाई तत्कालीन शासकले १९९७ साल माघ १३ गते सिफलमा मध्यराती रुखमा झुण्डाएर फांसी दिएको थियो ।

यस्तै १९९७ साल माघ १० गते शुक्रराज शास्त्रीलाई काठमाडौँको टेकुस्थित पचलीमा, र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएको थियो ।

यिनै शहीदहरुप्रति श्रद्धाभाव व्यक्त गर्न प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरि शहीद सप्ताह मनाइंदै आएको छ ।