Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


दक्षिण एरियाकै अग्लो झरना प्रचारप्रसारको कमीले ओझेलमा


0
Shares

फेदाप गाउँपालिकाको सम्दु र ईसिवु गाउँको सिमानामा रहेको ह्यातुङ झरनाले प्रशस्त पर्यटकीय सम्भावना बोकेर पनि सरकारी स्तरबाट प्रचारप्रसार नहुँदा बर्षौंदेखि ओझेलमा पर्दै आएको छ ।

३ सय ६५ मिटर अग्लो स्थानबाट झरेको मनोरम झरना दक्षिण एसियाकै सबैभन्दा अग्लो हो । निजी तथा सरकारी स्तरबाट समेत कुनै प्रचार–प्रसार नभएकाले पर्यटकीय महत्व बोकेको झरना ओझेलमा परेको गुनासो स्थानीयले गरेका छन् ।

सदरमुकाम म्याङ्लुङबाट करिब एक दिनको पैदल दुरीमा रहेको यो झरनासम्म पुग्न राम्रो सडक सुविधासमेत छैन । झरनासम्म पुग्ने सुविधायुक्त सडक निर्माण र प्रचार प्रसार गर्न स्थानीयले माग गरेका छन् ।