३० असार २०८२, सोमबार | Mon Jul 14 2025


भारतीय नीति कै बलमा कश्मिरमा चिनियाँ सेनाले हस्तक्षेप गर्न सक्ने चीनको चेतावनी


0
Shares

भारतको सोही नीतिको बलमा चीनले कश्मिरमा आफ्नो सेना पठाउन सक्ने चेतावनी पनि चीनले भारतलाई दिएको छ । कश्मिरमा भारत र पाकिस्तानबीच लामो समयदेखि विवाद चल्दै आएको छ ।

चिनियाँ सरकारी अखबार ‘ग्लोबल टाइम्स’ का अनुसार चीन र भुटानबीचको सीमा क्षेत्रमा भारतले चासो राख्दै आएको छ । ‘यदि यस्तो भइरहने हो भने पाकिस्तानको अपीलका आधारमा जम्मू–कश्मिर मुद्दामा चिनिषँ सेनाले दखल दिन सक्छ,’ सो अखबारमा भनिएको छ ।

सो अखबारमा प्रकाशित लेखमा भनिएको छ, ‘भुटानले भारसँग मद्दत नै नमागेको अवस्थामा भारतले हस्तक्षेप गर्न खोजिरहेको छ ।’

उल्लेखनीय छ, भुटान र चीनको सीमा क्षेत्र डोकलाममा ४२ दिनदेखि भारतीय र चिनियाँ सेना आमने–सामनेको अवस्थामा छन् । चीले सो क्षेत्रमा सडक निर्माण गरिरहेको छ । भारतले भने सो क्षेत्रमा चिनियाँ गतिविधि आफ्नो लागि खतरा हुने भन्दै आपत्ति जनाउँदै आएको छ । (एजेन्सी)