३० असार २०८२, सोमबार | Mon Jul 14 2025


उपचारका लागि दिल्ली गएका नेपालीको गाडी चोरी


0
Shares

भारतीय संचारमाध्यमका अनुसार नेपाली नम्बर प्लेटको सेतो रङको स्कार्पियो गाडी चोरी भएको हो ।

गुडगाउँस्थित मेदान्ता अस्पतालमा उपचारका लागि गएका नेपाली नागरिक खेमराज पाण्डेको गाडी चोरी भएको हो । पाण्डेको ठेगाना भने खुलाइएको छैन ।

गाडी चोरीको दृष्य सीसीटिभी क्यामेरामा कैद भएको छ । चोरहरुले गाडीको सीसा फुटाएर स्टार्ट गर्न खोजे पनि गाडी स्टार्ट नभएपछि अर्को कारले धक्का दिएर गाडी स्टार्ट गरेको दृष्य फुटेजमा देखिन्छ ।

मेदान्ता अस्पतालमा स्वास्थ्य परीक्षण गरी मोडल टाउनस्थित आफन्तको घरमा गएका ती नेपाली नागरिकले मोडल टाउनकै कल्याण विहार इलाकामा गाडी पार्क गरेका थिए । राति २ बजे चोरहरुले १५ मिनेटभित्रै उक्त गाडी चोरेर लैजान सफल भएका हुन् ।

प्रहरीले गाडी चोरीको उजुरी दर्ता गरि आवश्यक अनुसन्धान गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । (एजेन्सी)