एसएसबीको कडा चेकिङका कारण नेपालमा मालवाहक ढुवानी गरी फर्किएका सवारी सिमानादेखि करिब ३ किलोमिटर वरसम्म लाममा बस्न थालेका छन् ।
भारतीय सुरक्षाकर्मीले पाँच दिनदेखि सिमानामा गरेको कडा चेकजाँचले औद्योगिक कच्चा पदार्थ तथा व्यापारिक सामान नेपाल छाडेर फर्किएका भारतीय गाडी सिमाना पार गर्न लामो समय लाममा पालो पर्खंदै बस्ने गरेका छन् ।
भारत फर्किन लाममा पालो कुरेका भारतीय मालवाहक ती गाडी नै गन्तब्यमा पुगेपछि पुनः मालसामान लिएर नेपाल आउने गरेका छन् । तर भारतीय पक्षको चेकजाँचले सुनौली नाकाबाट हुने आयात–निर्यात प्रक्रियालाई नै प्रभावित पारेको भैरहवा भन्सार कार्यालय वेलहियाका प्रमुख भुपालराज शाक्यले जानकारी दिए ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्