२९ श्रावण २०८२, बिहिबार | Thu Aug 14 2025


सुदुरपश्चिमका जिल्लामा बाक्लो हिमपात, बन्द रहेको यातायात भने सुचालु


0
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाक्लो हिमपात भएसँगै जनजीवन कष्टकर भएको छ ।

बैतडीका उच्च भूभागमा बाक्लो हिउँ परेकाले जनजीवन कष्टकर भएको हो । जिल्लाको सतबाँझ, मुस्याचोर, खोड्पे, श्रीभावरलगायतका ठाउँमा बाक्लो हिउँ परेको छ ।

हिमपातका कारण आवागमनमै समस्या हुनाका साथै वस्तुभाउलाई चरिचरनमा समेत समस्या भएको छ ।

अत्यधिक चिसोका कारण ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन् ।

चिसोको समयमा बालबालिकालाई न्यूमोनिया हुनबाट जोगाउनुपर्ने पाटन नगरपालिकाका स्वास्थ्य संयोजक मदनसिंह महराले बताए ।

यसैबीच पछिल्लो समयमा भएको हिमपातले हिउँदेबाली सप्रने भन्दै किसान भने खुसी भएका छन् ।

सिँचाइ सुविधा नभएको ठाउँमा हिमपातपछि बालीनाली सप्रने कृषि प्राविधिकहरुले बताएका छन् ।

त्यस्तै, शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ ।

डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् ।

डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत्त राजमार्ग मेलखर्क, हगुल्डे, साउँ खर्क, भत्कडाँ, स्याउँले बजारलगायत क्षेत्रमा करीब ३ फिट बाक्लो हिउँ जमेको थियो ।