६ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025


ट्रम्पलाई आफ्नै सिनेटरबाट ‘अन्तर्घात’, ‘ओबामा केयर’ खारेज गर्ने योजना अस्वीकृत


0
Shares

यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको दलको प्रतिपक्षी डेमोक्रेटिक पार्टी तथा ट्रम्पका पूर्ववर्ती ओबामा विरुद्धको कार्यक्रममा सत्ताधारी दललाई नराम्रो धक्का मिलेको छ ।

शुक्रबार अबेर असाधारण तनावबीच भएको मतदानमा रिपब्लिकन पार्टीका सिनेटर (सांसद) जोन म्याककेनले नै आफ्नै दलको प्रस्ताव विरुद्ध गरेको मतदान नै निर्णायक मत बनेको हो ।

परीक्षणबाट हालै मस्तिष्क क्यान्सर भएको पत्ता लागेका म्याककेनले रिपब्लिकनको अडान विरुद्ध मतदान गरेका थिए ।

‘यो निराशाजनक नतिजा हो, वास्तवमै निराशाजनक परिवेश,’ सिनेटमा बहुमत भएको रिपब्लिकनको दल मिच म्याककोनेलले आफ्ना निकटस्थसँग मतदान नतिजापछि प्रतिक्रिया दिए । रासस/ एएफपी