Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


अघिल्लो दिन कालोपत्र र भोलिपल्ट खन्ने काम अब अन्त्य गरिन्छ : मन्त्री बलायर


0
Shares

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने–‘गुणस्तरीय पूर्वाधार निर्माणमा मन्त्रालयले अब विशेष ध्यान दिनेछ ।’

अन्तरमन्त्रालयबीच समन्वय गर्ने संयन्त्र नहुँदा सडकसम्बन्धी समस्याको प्रश्न उठेको बताउँदै मन्त्री बलायरले भने–‘सडकको समस्या एउटैमात्रै नभइ अन्तरमन्त्रालयसँग सम्बन्धित छ, अघिल्लो दिन कालोपत्र गर्ने अनि भोलिपल्ट खन्ने काम अब अन्त्य गरिनेछ ।’

‘सडकका सामान्य खाल्डाखुल्डी पुर्नसमेत प्रधानमन्त्री बोल्नुपर्ने अवस्था आउनु ठीक होइन’ भन्दै उनले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने कामले द्रुतता नपाउँदा उपत्यकावासीले केही समस्या झेल्नुपरेको उल्लेख गरे ।

कतिपय पूर्वाधार निर्माणमा गुणस्तरको प्रश्न उब्जिएका कारण स्वयं व्यवसायी, राजनीतिक दल, कर्मचारीतन्त्र र सरकारको काम–कारबाहीमाथि प्रश्न उठेको पक्षलाई हेक्का गर्दै गुणस्तरकाबारेमा अब कुनैपनि हालतमा सम्झौता नहुने प्रतिबद्धता उनले व्यक्त गरे । रासस