Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


‘सात प्रदेशमा सात र काठमाडौं उपत्यकामा एक पृतना स्थापना गरिने’


0
Shares

शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले सेनालाई विकास निर्माणको थप जिम्मेवारी दिन कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै मुलुकका विकट क्षेत्रका सडक निर्माणमा सेनाले गर्दै आएको कार्य मूल्यांकनका आधारमा राजधानीसँग तराई–मधेसलाई जोड्ने छोटो दूरीको द्रुतमार्ग निर्माणको जिम्मेवारी दिइएको स्पस्ट गरे ।

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तुल्याउन सेना खटाइने गरेको इतिहासको स्मरण गराउँदै रक्षामन्त्री प्रधानले ‘दुई चरणको स्थानीय तहको निर्वाचनपछि ‘चुनाव भाँड्छौं, हुन दिन्नौं’ भन्ने पक्षले चुनावमा भाग नलिँदा कति क्षति हुँदोरहेछ भन्ने बुझिसकेको हुनुपर्छ’–भने ।

रक्षामन्त्री प्रधानले मुलुक संघीय गणतन्त्रमा प्रवेश गरेसँगै नेपाली सेनाको संरचना त्यसअनुरुपको बनाउने सन्दर्भमा सात प्रदेशमा सात र काठमाडौं उपत्यकामा एक पृतना स्थापना गर्ने कार्य अघि बढिसकेको जानकारी दिए । रासस

Skip This