तीन वर्षभित्र यो सडकलाई ११ मिटर चौडा बनाइने बताइएको छ । उदयपुरको बसाहा विरेन्द्र चोकबाट सुरु भएको यो सडक भित्रि मधेस चुरे दुन उपत्यकालाई यातायात सञ्जालमा जोड्दै हेटौंडा पुगेर टुंगिन्छ ।
उदयपुरको बसाहा विरेन्द्र चोकबाट सिन्धुलीको भिमानसम्म १ सय ३५ किलोमिटर पूर्वी खण्ड शर्मा एण्ड लामा जेविले निर्माणको जिम्मा पाएको छ ।
भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलो मिटर पश्चिम खण्ड कालिका स्वच्छन्द जेविले निर्माणको जिम्मा पाएको हो ।
सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्दै यो सडक पूर्व–पश्चिम राजमार्गको वैकल्पिक बन्ने बताइएको छ ।
यो सडकको कुल लम्बाईमध्ये २० किलो मिटर कालोपत्रे भइसकेको छ भने १ सय १० किलोमिटर ग्रावेल र बाँकी कच्ची छ ।
सडकको पूर्वी खण्डमा ४३ र पश्चिम खण्डमा ३३ वटा पुल निर्माणका लागि टेन्डर आह्वान भएको छ ।










प्रतिक्रिया दिनुहोस्