
बलात्कारमा संलग्न दुई पुरुष
बलात्कारमा संलग्न दुबै पुरुषको एक अर्काबीच सम्बन्ध नरहेको बताइएको छ । यद्यपि दुबै पुरुष एसियालीमुलका रहेको प्रहरीले जनाएको छ ।
ती बालिका आफ्नो साथीसँग बर्मिङ्घमस्थित रेलवे स्टेशनमा हिँडिरहेको अवस्थामा एक पुरुषले उनलाई एकान्तमा लगेर बलात्कार गरेको थियो । बलात्कार भइसकेर केही पर पुगेकी उनले घर जानका लागि एउटा ट्याक्सी प्रयोग गरिन् तर सो ट्याक्सी चालकले समेत उनलाई एकान्तमा लगेर बलात्कार गरेको बताइएको छ ।
दुबै घटनामा संलग्न पुरुष एसियालीमूलका रहेको बताइए पनि उनीहरुको राष्ट्रियताका बारेमा खुलाइएको छैन । मिति नखुलाइएको सो घटना बेलुकी सात बजेदेखि राति दुई बजेका बीचमा भएको प्रहरीले जनाएको छ ।
प्रहरीले सीसीटीभी फुटेजका आधारमा घटनाको अनुसन्धान थालेको छ । दुबै घटनामा संलग्न पुरुषको अनुहार ती फुटेजमा देखिएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्