
त्यहाँको संसदको दुबै सदनले रुससँगै इरान र उत्तर कोरियामाथि पनि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव भारी मतले पारित गरेको छ ।
नयाँ प्रस्तावको विपक्षमा रहेका राष्ट्रपति ट्रम्पले ‘भिटो’ प्रयोग गर्नसक्ने आशंका गरिएको थियो ।
अमेरिकी कदमविरुद्ध रुसले अमेरिकी कूटनीतिक कर्मचारीको कटौती गर्न आदेश दिइसकेको छ ।
युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफूमा विलय गराएपछि रुसले अमेरिकाको विभिन्न प्रतिबन्ध भोगिरहेको छ ।
इरान र उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल परीक्षण गरेकाले अमेरिकी प्रतिबन्ध सामना गर्नुपर्ने भएको हो ।
नयाँ कानुनले रुसविरुद्धको प्रतिबन्ध हटाउने राष्ट्रपति ट्रम्पको अधिकारलाई निकै सीमित पार्नेछ ।
गत वर्ष सम्पन्न अमेरिकी चुनावमा रुसी प्रभावको मुद्दा ट्रम्पलाई पहिलो ६ महिनाको कार्यकालमा सबैभन्दा असर पार्ने विषय बनेको छ ।
सो विषयमा रुसले आरोप अस्वीकार गरे पनि अमेरिकाका विभिन्न निकायले अनुसन्धान गरिरहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्